Monday, October 24, 2011

देउसी भैलो खेल्नेलाई एक सय मात्र

स्याङ्जा, ७ कार्तिक।
 जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दीपावलीको अवसरमा स्थानीयस्तरमा खेलिने देउसी भैलो कार्यक्रममा प्रतिव्यक्ति वा समूहलाई एक सय रुपैयाँभन्दा बढी दान नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
देउसी भैलोलाई दिइने दानको परम्परा र संस्कृति भड्किलो बन्दै गएको उल्लेख गर्दै जिल्ला प्रशासनले एक सय रुपैयाँभन्दा बढी दान नदिन सर्वसाधारणलाई आग्रह गरेको हो। एक सयभन्दा बढी दान दिन मन लागेमा खाममा वा गोप्य रुपमा दिन पनि आग्रह गरिएको छ ।
'परम्परालाई कायम राख्ने नाममा पछिल्लो समयमा समाज निक्कै भड्किलो भन्दै गएको छ' स्याङ्जाका प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले भन्नुभयो – भड्किलो हुन नदिन दान दिने कार्यमा नियन्त्रण गर्न खोजिएको हो कसैलाई धेरै दान गर्न इच्छा भए प्रदर्शन नगरी गोप्य रुपमा दिन पाइन्छ।
प्रशासन कार्यालयले दीपावलीमा बेलुकी ९ बजेभन्दा पछाडि देउसी भैलो नखेल्नसमेत सर्वसाधारणसँग आग्रह गरेको छ। जिल्लाका सुरक्षा अधिकारीसहित राखिएको बैठकले यस्तो निर्णय गरेको हो। निर्णयको नागरिक समाजका अगुवाहरुले स्वागत गरेका छन् ।

1 comments:

राम्रो समाचार नेपाल सरकार ले नै यस्तो घोषणा गर्नुपर्ने हो तर सरकार ले कहिले सोच्ने?

Post a Comment

तपाईंलाई कस्तो लाग्यो त?