पिंडीखोलाबाट प्रकाशित पिंडीखोलाकै पहिलो पत्रिका

आदिवासी जनजाती समन्वय परिषद पिडीखोला बाट प्रकाशित यो पत्रिका द्वैमासिक रुपमा प्रकाशित गरिन्छ.

पत्रिकाको बिमोचन कार्यक्रम

२०६८ असोज ८ गते आइतबार भएको बिमोचन कार्यक्रम

पत्रिकाको बिमोचन कार्यक्रम

२०६८ असोज ८ गते आइतबार भएको बिमोचन कार्यक्रम

Sunday, December 4, 2011

पिंडीखोलामा जिपको 'व्रेक फेल' हुँदा दुर्घटना

जिपको 'व्रेक फेल' हुँदा भएको दुर्घटनामा एकको मृत्यु, १० घाइते
स्याङजा, मंसिर १८ -

स्याङजाको पिडिखोला वाट गल्याङ तर्फ जादै गरेको ग १ च ४३८४ नम्वरको जिप पिडीखोला– ३ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।दुर्घटनामा पर्वत चिलाउनेखर्क– ३ कि २६ वर्षीया अनिता श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेहरुलाई उपचारको लागि गल्याङ सामुदायीक अस्पताल लगिएको छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।जिपको अचानक 'व्रेक फेल' करिव १ सय मिटर पछाडी धकेलिएर सडकमा नै पल्टिई सो दुर्घटना भएको प्रहरी चौकी गल्याङले जनाएको छ ।

Monday, October 31, 2011

सूचना!सूचना!सूचना!

     पिंडीखोला आवाज को दोश्रो अंकको लागि समाचार,लेख,रचना तथा बिज्ञापन संकलन कार्य शुरु भएकोले हामी तपाईं शुभेच्छुकहरु बाट उपयुक्त आर्टिकल हरु को अपेक्षा गर्दछौं.
कृपया तपाईंको समाचार,लेख-रचना,तथा बिज्ञापन यथासक्य छिटो हामीलाई पठाउनुहोला.
तपाईं हाम्रो पत्रिकाको एडिटर बिनोद लाफामगर को ई-मेल आईडी lapha.binod@gmail.comया pindikholaaawaj@yahoo.com मा आफ्नो सामग्री पठाउन सक्नुहुन्छ.

Monday, October 24, 2011

स्याङ्जाको पिँडीखोलामा आदिवासी जनजातिको एक हप्ते सचेतना अभियान सम्पन्न

रुद्र श्रीस मगर
पिँडीखोला स्याङ्जा
३० जेष्ठ २०६८। 
आदिवासी जनजाति सशक्तिकरणका लागि स्याङ्जाको पिँडीखोलामा एक हप्ते अभिमुखीकरण तथा सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ। आदिवासी जनजाति समन्वय परिषद् पिँडीखोला गाविसद्वारा आयोजित सो सचेतना अभियान अन्तर्गत एक हप्ते निःशुल्क नेतृत्व एवं व्यक्तित्व विकास उद्घोषण तथा पत्रकारिता तालिम र वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।
आदिवासी जनजाति युवा सशक्तिकरणका लागि साचालित सो तालिममा पिँडीखोला गाविसभरिका ५१ जना आदिवासी जनजाति युवा युवतीहरुको सहभागिता रहेको थियो भने गाविस अन्तर्गतका १ २ ४ ७ र ९ नम्बर वडाका आदिवासी जनजातिका सघन बस्तीहरु बेतेहेनी र सिस्नेरी स्याल्हुङ पातीखर्क र चितुङ सल्यान साथै स्यालबासमा अभिमुखीकरण कार्यक्रम साचालन गरिएको थियो। सो कार्यक्रममा पत्रकार एवं युवा आदिवासी अधिकारकर्मी रुद्र श्रीस मगरले प्रमुख प्रशिक्षक र परिषद्का अध्यक्ष एवं साचारकर्मी विनोद रखाली मगरले प्रशिक्षकको भूमिका निभाउनुभएको थियो।

समापन कार्यक्रममा बोल्दै पिँडीखोला गाविसका सचिव सुकदेव अर्यालले आदिवासी जनजातिलगायत पिछडिएका समुदायका लागि राज्यले विशेष व्यवस्था गरेको भन्दै सचेतना कार्यक्रमले आदिवासी जनजाति समुदायमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशिक्षक रुद्र श्रीस मगर नरोदय उच्च मावि पिँडीखोलाका प्राचार्य हिमलाल न्यौपाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद पौडेल नेपाली कांग्रेस पिँडीखोलाका सभापति जयश्वर पाण्डे एनेकपा माओवादी पिँडीखोलाका प्रतिनिधि रनबहादुर केसी राष्ट्रिय जनमोर्चाका मोहनजित विक परिषद्का सल्लाहकार संयोजक खेम राना मगर प्रशिक्षार्थीहरु देव थापा मगर मिरा गाहा मगर नेहा आले मगर पुरन दर्लामी मगरलगायतले बोल्नुभएको थियो। परिषद सहसचिव नरु सिँजाली मगरको सन्चालन तथा अध्यक्ष विनोद रखाली मगरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

पिंडीखोला आवाज पत्रिकाको बिमोचन


स्याङजाबाट पिडिखोला आवाजको प्रकाशन शुरु

स्थानीय बिकास तथा मौलिक पहिचानका लागि संचार हामो्र अभियान भन्ने उदघोषका साथ स्याङजा जिल्लाको पश्चिम दुर्गम गाबिस पिडिखोलाबाट पहिलो पटक पिडिखोला आवाज द्वैमासीक पत्रिका प्रकाशन भएको छ । आदिवासी जनजाति समन्वय परीषद पिडिखोलाले प्रकाशन गरेको उक्त पत्रिकाको एक कार्यक्रमको विच विमोचन गर्दै नरोदय उच्च मा वि पिडिखोलाका निमित्त प्राचार्य रामचन्द्र पौडेलले पत्रिकाले समग्र पिडिखोलाको विकास निर्माणमा सहयोग पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयो । विमोचन कार्यक्रममा गाविसका निवर्तमान अध्यक्ष देवलाल पाण्डे, समाज परिचालक गंगाराम वस्याल, परिषदका सल्लाहकार खेम राना मगर, प्रेम शर्मा पौडेल,श्रीस बहादुर राना  आदिले पत्रिकाको निरन्तरता र प्रगतिको लागि शुभकामाना व्यक्त गरेका थिए । पत्रिकाको बारेमा जानकारी दिदै परिषदका अध्यक्ष तथा पत्रिकाका सम्पादक विनोद रखाली मगरले पत्रिकालाई जिवित राख्न सम्पुर्णको सहयोग अपरिहार्य रहने हुदा पिडिखोला आवाजलाई पिडिखोलामा मात्र सिमित नराखी समग्र जिल्लाभरि केन्द्रित गराउने उदेश्य रहेको जानकारी दिनुभयो ।
पत्रिकाले आदिवासी जनजातिको भाषा कला सस्कृति र मौलिकतालाई जर्गेना गर्नुको साथै पत्रिकाले पिडिखोला गविसको शैक्षिक सांस्कृतिक तथा पर्यटन तथा अन्य विकास निर्माणमा टेवा पु¥याउने लक्ष्य रहेको छ । सोही कार्यक्रको विच पिडिखोला गाविसबाट आदिबासी जनजाति समुदाय अन्तर्गतका गत वर्षको प्रवेशिका परिक्षामा उतीर्ण हुने २० जना बिधार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।

देउसी भैलो खेल्नेलाई एक सय मात्र

स्याङ्जा, ७ कार्तिक।
 जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दीपावलीको अवसरमा स्थानीयस्तरमा खेलिने देउसी भैलो कार्यक्रममा प्रतिव्यक्ति वा समूहलाई एक सय रुपैयाँभन्दा बढी दान नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
देउसी भैलोलाई दिइने दानको परम्परा र संस्कृति भड्किलो बन्दै गएको उल्लेख गर्दै जिल्ला प्रशासनले एक सय रुपैयाँभन्दा बढी दान नदिन सर्वसाधारणलाई आग्रह गरेको हो। एक सयभन्दा बढी दान दिन मन लागेमा खाममा वा गोप्य रुपमा दिन पनि आग्रह गरिएको छ ।
'परम्परालाई कायम राख्ने नाममा पछिल्लो समयमा समाज निक्कै भड्किलो भन्दै गएको छ' स्याङ्जाका प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले भन्नुभयो – भड्किलो हुन नदिन दान दिने कार्यमा नियन्त्रण गर्न खोजिएको हो कसैलाई धेरै दान गर्न इच्छा भए प्रदर्शन नगरी गोप्य रुपमा दिन पाइन्छ।
प्रशासन कार्यालयले दीपावलीमा बेलुकी ९ बजेभन्दा पछाडि देउसी भैलो नखेल्नसमेत सर्वसाधारणसँग आग्रह गरेको छ। जिल्लाका सुरक्षा अधिकारीसहित राखिएको बैठकले यस्तो निर्णय गरेको हो। निर्णयको नागरिक समाजका अगुवाहरुले स्वागत गरेका छन् ।