Monday, October 24, 2011

स्याङ्जाको पिँडीखोलामा आदिवासी जनजातिको एक हप्ते सचेतना अभियान सम्पन्न

रुद्र श्रीस मगर
पिँडीखोला स्याङ्जा
३० जेष्ठ २०६८। 
आदिवासी जनजाति सशक्तिकरणका लागि स्याङ्जाको पिँडीखोलामा एक हप्ते अभिमुखीकरण तथा सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ। आदिवासी जनजाति समन्वय परिषद् पिँडीखोला गाविसद्वारा आयोजित सो सचेतना अभियान अन्तर्गत एक हप्ते निःशुल्क नेतृत्व एवं व्यक्तित्व विकास उद्घोषण तथा पत्रकारिता तालिम र वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।
आदिवासी जनजाति युवा सशक्तिकरणका लागि साचालित सो तालिममा पिँडीखोला गाविसभरिका ५१ जना आदिवासी जनजाति युवा युवतीहरुको सहभागिता रहेको थियो भने गाविस अन्तर्गतका १ २ ४ ७ र ९ नम्बर वडाका आदिवासी जनजातिका सघन बस्तीहरु बेतेहेनी र सिस्नेरी स्याल्हुङ पातीखर्क र चितुङ सल्यान साथै स्यालबासमा अभिमुखीकरण कार्यक्रम साचालन गरिएको थियो। सो कार्यक्रममा पत्रकार एवं युवा आदिवासी अधिकारकर्मी रुद्र श्रीस मगरले प्रमुख प्रशिक्षक र परिषद्का अध्यक्ष एवं साचारकर्मी विनोद रखाली मगरले प्रशिक्षकको भूमिका निभाउनुभएको थियो।

समापन कार्यक्रममा बोल्दै पिँडीखोला गाविसका सचिव सुकदेव अर्यालले आदिवासी जनजातिलगायत पिछडिएका समुदायका लागि राज्यले विशेष व्यवस्था गरेको भन्दै सचेतना कार्यक्रमले आदिवासी जनजाति समुदायमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशिक्षक रुद्र श्रीस मगर नरोदय उच्च मावि पिँडीखोलाका प्राचार्य हिमलाल न्यौपाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद पौडेल नेपाली कांग्रेस पिँडीखोलाका सभापति जयश्वर पाण्डे एनेकपा माओवादी पिँडीखोलाका प्रतिनिधि रनबहादुर केसी राष्ट्रिय जनमोर्चाका मोहनजित विक परिषद्का सल्लाहकार संयोजक खेम राना मगर प्रशिक्षार्थीहरु देव थापा मगर मिरा गाहा मगर नेहा आले मगर पुरन दर्लामी मगरलगायतले बोल्नुभएको थियो। परिषद सहसचिव नरु सिँजाली मगरको सन्चालन तथा अध्यक्ष विनोद रखाली मगरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

0 comments:

Post a Comment

तपाईंलाई कस्तो लाग्यो त?